भलाम लेखनाथ सम्पर्क समाजमा नयाँ नेतृत्व

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । कास्कीको भलामबाट लेखनाथमा आई वसोवास गर्दै आएका भलामे दाजु भाईहरुको साझा सस्था भलाम लेखनाथ सम्पर्क समाजको बुधवार भएको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनले आगामी कार्यकालका लागि पदम प्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

दोस्रो स्थापना दिवसका अवसरमा राखिएको दोस्रो अधिवेशनले सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा कर्ण वहादुर सुनार र सत्यदेवि पौडेल सचिवमा खेमराज वास्तोला,सह सचिवमा कृष्णप्रसाद वास्तोला र कोषाध्यक्षमा उदय वहादुर वस्नेत रहेका छन् ।

यसैगरि समितिको सदस्यहरुमा आई वहादुर सुनार,युवराज अधिकारी,तिर्थराज पौडेल र सिता सुनार रहेका छन् भने सोही भेलाले समितिको सल्लाहकार संयोजकमा सोमनाथ वस्तोला र सदस्यहरुमा राम वहादुर नेपाली,पुष्पराज भण्डारी,देविराम भण्डारी र लक्ष्मण वास्तोलालाई चयन गरेको हो ।

भलाम लेखनाथ सम्पर्क समाजका अध्यक्ष पदम प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै पुर्व प्रशासक राम वहादुर नेपालीले आफनो थाक थलो छोडेर आउनु भएका दाजु भाईका विच भाईचारा र एक आपसमा दुःख सुखको साथी वन्नका लागि सस्थाको आवस्यकता रहेको वताएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्