
पाेखरा । सामाजिक कार्यमा सकृय कृष्णमान श्रेष्ठ हेमजा युनाइटेडको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
पोखरा–२५, हेमजामा स्थापित हेमजा युनाइटेडको शनिवार सम्पन्न सातौँ वार्षिक साधारणसभा तथा पाचौं अधिवेशनले कृष्णमान श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हाे ।
समितिकाे उपाध्यक्षमा इन्द्र बहादुर कुवँर, सचिवमा महादेव अधिकारी, कोषाध्यक्षमा निराजन अधिकारी, सह–सचिवमा वसन्तराज अधिकारी चयन भएका छन् ।
यसैगरी सदस्यमा भेगबहादुर सापकोटा, ईश्वर सापकोटा, राम ब.सापकोटा, विवेक नेपाली, सौरभ कार्की, मधुसूदन बास्तोला, सीता नेपाली, बाबुराम दाहाल, मनोज त्रिपाठी र सुधीर थापा चयन भए । समितिकाे कार्यकाल दुई वर्षकाे हुनेछ ।
वडा न.२५ हेमजाका सुचना अधिकारी ईश्वरीप्रसाद बास्तोला संयोजक तथा समाजसेवी भीम प्रसाद श्रेष्ठ र भोजराज पौडेल सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।
यसअघि कार्यक्रमकाे उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रवक्ता एवं पोखरा २५ का वडाध्यक्ष मोतीलाल तिम्सिनाले खेलमार्फत हेमजालाई चिनाउन युनाइटेडको भूमिका महत्त्वपूर्ण रहँदै बताए । खेलमैदान स्तर उन्नतिका लागि वडा तथा महानगरको निरन्तर साथ रहने उनकाे भनाई छ ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कृष्णमान श्रेष्ठले नेपालकाे राष्ट्रिय खेल फुटवलकाे विकासका लागि हेमजा युनाइटेड सधैं लागिरहने बताए । युवाहरुकाे एकता, सहयाेग र सद्भावका कार्यमा आफूहरु निरन्तर लागिरहने उनकाे भनाई छ ।
“युवा एकता र विकासका लागि खेलकुद”, भन्ने मूल नाराका स्थापित हेमजा युनाइटेडले युवा एकता र फुटवलकाे विकासका लागि बर्सेनि हेमजा हाेली कप, हेमजा गाेल्डकप लगायतका विभिन्न खेलकुदका गतिविधिहरु सञ्चालन गर्दै आएकाे छ ।
कार्यक्रममा युनाइटेडका सल्लाहकार एवं कास्की जिल्ला फुटबल सँघ तथा गण्डकी प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष जगत् बहादुर थापा, सल्लाहकार नवराज अधिकारी, भोजराज पौडेल, विशाल जङ्ग कुँवर, वडा न.२५ का निवर्तमान अध्यक्ष शोभाकर तिम्सिना, गौरीशंकर बहुमुखी क्यापसका प्रमुख कृष्ण प्रसाद पौडेल, महिला सञ्जाल हेमजाकी अध्यक्ष अप्सरा तिम्सिना लगायतले बोलेका थिए ।
सभाले सचिव सुनिल गायककाे वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष मोहदत्त पौडेल(मणि) आर्थिक प्रतिवेदन पारित गरेको छ ।
युनाइटेडका अध्यक्ष राजेश त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उमा भुर्तेल पौडेलले स्वागत र सचिव सुनिल गायकले कार्यक्रम सञ्चालन गरेका थिए ।