पोखरा –२६ ले तालिम सहित मौरी घार वाढ्यो

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा  । वडावासीको आय आर्जनमा वढवा दिने उदेस्यले पोखरा महानगरपालिका वडा नं २६ ले मौरी पालन ब्यवसायलाई अगाडी वढाउने भएको छ ।

वडाको भु बनोटका आधारमा मौरीका लागि उपयुत्त वातावरण रहेकाले मौरी पालन तर्फ किसानलाई आकर्षण गर्नका लागि तीन दिनसम्म मौरीपालन तालिम प्रदान गरि ५० प्रतिशत अनुदानमा ८५ जना किसानलाई मौरी घार वितरण गरेको हो ।

कृर्षि सञ्जाल पोखरा २६ को आयोजनामा भएको तीन दिने तालिम पश्चात सहभागी कृषकहरुलाई मौरी घार वितरण गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले कृर्षि पेशालाई मर्यादित र जिवन उपयोगी बनाउनका लागि परम्परागत सैलीलाई भन्दा पनि आधुनिक र प्रविधीको प्रयोग गरि अगाडी वढ्न आग्रह गरेका थिए ।

कृर्षी कान्तीबाट वडालाई कृर्षी उत्पादनमा आत्मनिर्भर वनाउनका लागि असल किसानको पहिचान गरि प्रत्साहनका लागि सन्मान गर्ने र विदेशमा सिकेको सिपलाई स्वदेशमा प्रयोग गर्न खोज्नेहरुलाई आर्थीक अनुदान सहयोग गर्ने योजना वडाले बनाएको विचार राखेका थिए ।

मौरी घारा वितरण कार्यक्रममा लागु औषध व्यूरोका विद्याधर त्रिपाठीले सिकेको सिपलाई तुरुन्त ब्यवहारमा उर्तान सकिने मौरी पालन ब्यवसायबाट सानो लगानीमा धेरै कमाउन सकिने वताएका थिए साथै उनले सिप र प्रविधीको प्रयोग गरि कम मेहनतमा हाम्रो दैनिक जिवनमा उपायोगी हुने मह उत्पादन गर्न सकिने बताएका थिए ।

कृर्षि सञ्जाल पोखरा २६का अध्यक्ष केशव ढुगानाको अध्यक्षतामा भएको तालिममा मौरी विज्ञ रमेशराज पौडेल,धन वहादुर रानामगर र अर्घौ कृर्षि केन्द्रका प्रमुख सन्तोष सुवेदीले प्रशिक्षण दिएका थिए ।

कृर्षि सञ्जालका सचिव ईश्वरराज भण्डारीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तब्य सहभागीहरुको तर्फबाट सिता थापाले गरेकी थिईन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्