
पोखरा । पाेखराकाे लेकसाइडस्थित स्ट्रिट नं. १७ मा खुलेकाे (Temple Bell Boutique Hotel & Spa) को शुभारम्भ भएको छ। प्रकृति, संस्कृति र साहसिकताको अनुपम संगम पोखरामा नेपाली आतिथ्य र अन्तर्राष्ट्रिय सुविधाको संयोजनसहित स्थापना भएको यो होटलले बुटिक अवधारणामा आधारित सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।
पोखराको पर्यटनमा साहसिक खेलकुद, शान्त वातावरण र सांस्कृतिक विविधताले विश्वभर आकर्षण बढाइरहेको बेला (टेम्पल बेल) ले मिडिल र हाइ-एन्ड पर्यटकलाई लक्षित गरी सेवा विस्तार गरेको छ। “हामी नेपाली आतिथ्य, संस्कृति र विश्वस्तरीय सुविधामार्फत पोखरालाई थप आकर्षक गन्तव्य बनाउन प्रतिबद्ध छौँ,” म्यानेजिङ डाइरेक्टर भिष्मराज पौडेलले भने-““पोखराको पर्यटन प्रवर्द्धनमा शुभचिन्तक, व्यवसायिक साझेदार र स्थानीय समुदायको योगदान अतुलनीय छ। हामीलाई यहाँसम्म ल्याउन सहयोग गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।”
चिल्लि ग्रुपको लगानीमा सन् २००८ देखि पर्यटन व्यवसायमा सक्रिय रहँदै आएको यो समूहले (टेम्पल बेल) मार्फत पोखराको पर्यटनलाई थप उचाइ दिने प्रयास गरेको छ। मन्दिरको घण्टीको प्रतीकात्मक नामले सुशोभित यो होटलले शारीरिक विश्रामसँगै आत्मिक शान्ति र सकारात्मक ऊर्जा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
होटलको संरचनामा नेपाली काष्ठकला, ढुंगा, हस्तकला, ढाका, थान्का र हरियाली वातावरणको संयोजनले स्थानीय मौलिकताको झल्को दिन्छ भने आधुनिक सुविधाले विश्वस्तरीय अनुभव प्रदान गर्छ।
सन् २०२१ को डिसेम्बरमा सुरु भएको होटलको निर्माण कार्य कोभिड महामारीका चुनौतीका बाबजुद साढे तीन वर्षमा सम्पन्न भएको हो। करिब साढे दुई रोपनी क्षेत्रफलमा फैलिएको यो होटलको कुल लागत (जग्गासहित) १ अर्ब २५ करोड रुपैयाँ रहेको छ।

होटलमा दुईवटा इन्टरकनेक्टेड ब्लकमा कुल ५५ सुसज्जित कोठाहरू छन्, जसमा ४७ डिलक्स बुटिक, ५ सुपर डिलक्स, २ जुनियर स्वीट र १ प्रेसिडेन्सियल स्वीट रहेका छन्। यहाँ आकर्षक लबी, ज्याकुजीसहितको स्विमिङ पुल, (बुद्ध सदन)सम्मेलन हल, स्टीम, साउना र थेरापी रुमसहितको अत्याधुनिक स्पा, (Yak & Yeti) बार, (आंटी) आलाकार्ट रेस्टुरेन्ट, बेसमेन्ट पार्किङ र दुईवटा आधुनिक लिफ्ट उपलब्ध छन्। भूकम्प प्रतिरोधी संरचना र आगो नियन्त्रण प्रणालीले सुरक्षालाई प्राथमिकता दिएको छ।
होटलमा ६० जना दक्ष कर्मचारी कार्यरत छन्, जसमध्ये केहीले स्वदेश र विदेशमा अनुभव हासिल गरेका छन्। बाँकी कर्मचारीलाई अतिथि सत्कार, व्यवस्थापन, खाना पकाउने कला र ग्राहक सेवासम्बन्धी तालिम प्रदान गरिएको छ।
नयाँ वर्ष २०८२ लाई लक्षित गरी स्वदेशी र विदेशी पाहुनाका लागि विशेष छुट अफरहरू सार्वजनिक गरिएको छ। स्वदेशी पाहुनाका लागि सिंगल र डबल रुम क्रमशः ७,५०० र ८,५०० रुपैयाँमा उपलब्ध छ भने विदेशीका लागि १२,००० र १४,००० रुपैयाँ निर्धारण गरिएको छ। स्वीट रुममा स्वदेशीलाई ३५,००० र विदेशीलाई ४८,००० रुपैयाँमा छुटसहितको प्याकेज छ। यी अफरमा ब्रेकफास्ट, स्टीम, साउना, एयरपोर्ट पिकअप र स्पा सेवामा ३०% छुट समावेश छ।
(टेम्पल बेल बुटिक होटल एण्ड स्पा) ले पोखराको पर्यटनमा नयाँ अध्याय थप्ने विश्वास गरिएको छ। स्थानीय सौन्दर्य र आधुनिक सुविधाको संयोजनले यो होटल पर्यटकहरूका लागि अविस्मरणीय गन्तव्य बन्ने अपेक्षा गरिएको छ।