
पोखरा । पोखरा महानगरपालिकाको नगर युवा परिषद्ले सोमबार वडा नम्बर १४ मा नयाँ युवा समिति गठन गरेको छ। माछापुच्छ्रे सभा हलमा दिउँसो १ देखि ४ बजेसम्म आयोजित कार्यक्रममा ३१ जना युवा प्रतिनिधिहरूले उत्साहजनक सहभागिता जनाएका थिए।
नगर युवा परिषद्का अध्यक्ष बोधबहादुर कार्कीले प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै युवाहरूलाई समाज परिवर्तनको संवाहक बन्न प्रेरित गर्नुभयो। परिषद्का उपाध्यक्ष सन्तोष न्यौपाने, वडा सदस्यहरू गोपाल प्रसाद सापकोटा, कृष्णहरि काफ्ले, दिलमाया गुरुङ र वडा सचिव नुमानाथ उपाध्यायको उपस्थितिले कार्यक्रमको गरिमा बढाएको थियो।
विष्णुमाया सुवेदी, कृतन वाग्ले, मिलन पौडेल, सरस्वती पुरीलगायत परिषद्का कार्यकारी सदस्यहरू, खेलकुद विकास समितिका अध्यक्ष शंकर जीसी, समाजसेवी सैलेश बानिया र पत्रकारहरू रामजी जीसी, सन्दीप पौडेल, महेश भण्डारी, अजय केसी, राजाराम पौडेलको सहभागिताले कार्यक्रममा विविधता थपिएको थियो। शीतल नगर टोल सुधार समितिकी शोभा गिरीसहित युवा क्लबका प्रतिनिधिहरूको सक्रियताले पनि ध्यानाकर्षण गर्यो।
सागर पौडेलको नेतृत्वमा गठन भएको समितिमा सुदिक्ष्या बानिया उपाध्यक्ष, रन्जु जीसी सचिव, कृति गिरि सह-सचिव र प्रशान्त अधिकारी कोषाध्यक्ष चुनिनुभएको छ। सुजन श्रेष्ठ, जीवन पतानी, अनिल गुरुङ, विवेक अधिकारी, सबिन गुरुङ, मिलन परियार, त्रिदेव आले मगर, अम्बिका कार्की र टूकमान गुरुङ सदस्यको जिम्मेवारीमा रहनुभएको छ।
नवनिर्वाचित अध्यक्ष सागर पौडेलले युवा ऊर्जालाई रचनात्मक कार्यमा लगानी गरी वडाको विकासमा टेवा पुर्याउने प्रतिबद्धता जनाउनुभयो। सहभागी वक्ताहरूले नेतृत्व विकास र सामाजिक सक्रियतामा युवाहरूको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे। समापनमा अतिथिहरूले समितिलाई शुभकामना दिँदै स्थानीय स्तरमा युवा सहभागिता बढ्ने विश्वास व्यक्त गरे।