इक्यान चितवनद्वारा आयोजित अन्तर इक्यान फुटसल प्रतियोगितामा कास्की विजयी

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवनद्वारा आयोजित अन्तर इक्यान फुटसल प्रतियोगिताको उपाधि इक्यान कास्कीले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा इक्यान पूर्वाञ्चललाई ७–० को फराकिलो गोल अन्तरले पराजित गर्दै कास्कीले ट्रफी हात पारेको हो।

इक्यान कास्कीका उपाध्यक्ष सन्तोष शाहीका अनुसार विजेता टोलीले ६६ हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ। उपविजेता इक्यान पूर्वाञ्चलले ३६ हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडल हात पारेको छ।

प्रतियोगितामा काठमाडौं, कास्की, पूर्वाञ्चल, मकवानपुर, रुपन्देहीबाट एक–एक टोली र आयोजक चितवनबाट दुई टोली गरी जम्मा सात टोलीको सहभागिता रहेको आयोजक समितिका संयोजक प्रज्वल पौडेलले जानकारी दिनुभयो।

पुरस्कार वितरण समारोहमा इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराई, प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल, द्वितीय उपाध्यक्ष भुवन बहादुर क्षत्रीलगायतले विजेता र उपविजेता टोलीलाई पुरस्कार प्रदान गर्नुभयो।

कार्यक्रममा बोल्दै आयोजक समिति संयोजक पौडेलले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित आयोजित यो प्रतियोगिताले इक्यानमा आबद्ध परामर्शदाताहरूबीच आपसी सम्बन्ध थप प्रगाढ भएको बताउनुभयो।

इक्यान चितवनका कोषाध्यक्ष लक्ष्मण कँडेलले सञ्चालन गरेको कार्यक्रमको समापन चितवन जिल्ला अध्यक्ष दिपकचन्द्र भट्टराईले धन्यवादसहित गर्नुभएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्