
पोखरा । श्रवणदृष्टि विहीन बालबालिका तथा व्यक्तिहरुको लागि शिक्षा र स्वास्थ्यमा पहुँच पु¥याउन पोखरामा सचेतना कार्यक्रम गरिएको छ ।
श्रवण दृष्टिविहीनता वर्तमान अवस्था र भविष्य सम्बन्धी सचेतना कार्यक्रम श्रवणदृष्टि विहीन संघ नेपाल र राष्ट्रिय बहिरा महासंघ नेपालको संयुक्त आयोजनामा भएको हो ।
कार्यक्रममा श्रवणदृष्टि विहीन व्यक्तिहरूको शिक्षा, स्वास्थ्य र सामाजिक समावेशीकरणमा केन्द्रित विविध पहलहरूको बारेमा सरोकारवाला पक्षसँग छलफल गरिएको हो ।
कार्यक्रममा श्रवणदृष्टि विहीन संघका केन्द्रीय अध्यक्ष पुष्पराज रिमालले कार्यक्रम अपाङ्गता भएका व्यक्तिहरूको हक र अवसर सुनिश्चित गर्ने दिशामा सकारात्मक कदम चालिएको बताए । “हाम्रो लक्ष्य हरेक श्रवणदृष्टि विहीन व्यक्तिलाई सम्मानजनक र आत्मनिर्भर जीवनको सुनिश्चितता दिलाउनु हो,” उनले भने ।
रिमालले सुन्ने र देख्ने दुबै क्षमता कमजोर भएको श्रवण दृष्टिविहीन बालबालिकालाई शिक्षा प्राप्तिमा कठिनाई भएको बताए । त्यस्ता बाल बालिकाको आँखा र कान परीक्षणमा सहयोग गरेको जानकारी दिदै उनले बालबालिकालाई विद्यालयसम्म पहँुच पु¥याउन घरमै पुगेर सेवा दिने बताए ।
राष्ट्रिय बहिरा महासंघका परियोजना संयोजक शंकरसिंह चैसीले सुन्ने र देख्ने दुबै क्षमता कमजोर भएका बाल बालिकाको समयकै पहिचान गरी सेवामा पहँच पु¥याउनमा ध्यान दिने उल्लेख गरे । उनले श्रवण दृष्टिविहीन बाल बालिकाको सञ्चार, आवागमन, शौचालय, गमनशीलता निर्देशिकाको विकास गरेको जानकारी दिदै उनले सम्बन्धित बाल बालिकालाई स्पर्श सांकेतिक भाषाको तालिम दिएको उल्लेख गरे ।
जिल्ला शिक्षा समन्वय एकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले श्रवण दृष्टि विहीन बालबालिका शिक्षण सिकाइबाट बाहिर हुन नहुने जनाए ।
पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले गुणस्तरीय र समावेशी शिक्षाको सुनिश्चितता आफूहरुको प्राथमिकता रहेको बताए । उनले अपाङ्गता भएका बालबालिकालाई बराबरी अवसर दिन कटिबद्ध रहेको बताए ।
श्रवणदृष्टि विहीन बालबालिकाको शिक्षा प्राप्तिमा सहजीकरण गर्न लागि पोखराको अमरसिंह माध्यमिक विद्यालयमा विशेष स्रोत कक्षा सञ्चालनमा ल्याइएको छ । उक्त श्रोत कक्षामा ६ जना बालबालिका भर्ना भएका छन् ।
शिक्षालाई समावेशी बनाउने उद्देश्यले पोखरा महानगरपालिकाले ३० लाख रुपैयाँको बजेट विनियोजन गरेको छ भने सामाजिक विकास मन्त्रालयले भवन निर्माणका लागि थप १० लाख रुपैयाँ सहयोग गरेको कार्यक्रममा जानकारी गराईएको छ ।
कार्यक्रममा ९० जनालाई स्पर्श सांकेतिक भाषा तालिम, १५० जनालाई परिचयपत्र वितरण तथा जनचेतनामूलक तालिम, २१९ जनालाई आँखा तथा कान परीक्षण, ५५ जनालाई सीआरपीडी (अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि) अभिमुखीकरण, साथै १५० थान ह्याष्टिक सिग्नल पुस्तक प्रकाशन जस्ता कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी गराईएको थियो । साथै स्वास्थ्य स्वयंसेविकाहरूलाई पनि अपाङ्गता संवेदनशीलतालाई ध्यानमा राखी विशेष तालिम आयोजना गरिएको बताईएको छ ।
यी पहलहरूले श्रवणदृष्टि विहीन समुदायको शिक्षा, स्वास्थ्य, र सामाजिक समावेशीकरणमा ठोस योगदान पु¥याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा श्रवण दृष्टिविहीन संघ, नेपालका सचिव हरि केसी, अमरसिंह मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइराला, प्रधानाध्यापक बलराम पोखरेल, स्वावलम्बन जीवन पद्धती केन्द्र पोखराका अध्यक्ष हेमबहादुर गुरुङ, पार्वती भुजेल लगायतले श्रवण दृष्टिविहीनको लागि गुणस्तरीय शिक्षा र स्वास्थ्यको बारेमा बोलेका थिए ।
कार्यक्रमका सहभागिले संस्थाहरूले आपसी समन्वय, सहकार्य र दीर्घकालीन योजनाको आवश्यकता औंल्याउँदै श्रवणदृष्टि विहीन समुदायको सामाजिक उत्थानमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरे।
छलफलका कास्की जिल्लाका सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।