
मनोनयन सार्वजनिक कार्यक्रममा पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी तथा पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईले युवा विदेश पलायन हुँदा नेपालमा युवा नपाईने अवस्था आएको र खेलकुद क्षेत्रमा समेत यसले ठूलो असर पारेको बताए ।
देशको आर्थिक अवस्थानै खराब भैरहेको अवस्थामा अवार्डको पुरस्कार राशि वृद्धी गर्न नसकिएको जानकारी दिँदै मञ्चका अध्यक्ष एमबि आस्था मगरले अवार्डमा साथ दिन सबैमा आग्रह गरे । कार्यक्रममा एन्फा गण्डकीका सहायक प्रमुख विनोद गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङलगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
नवौं संस्करणको यो अवार्डमा गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छ । त्यस्तै उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षक पुरस्कार टाईगर ग्रुप अफ पोखरा नेपाल, उत्कृष्ट खेलकुद संस्था पुरस्कार निट डेन्टल केयर प्रालि र लाइफटाइम अचिभमेन्ट अवार्डको प्रायोजन सिटीजन फर्निचरले गर्नेछ ।
त्यसैगरि भूतपूर्व खेलाडी मञ्च नेपाल, जिल्ला एथ्लेटिक्स संघ कास्की, मदन भण्डारी स्पोर्टस् एकेडेमी, हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपाल, बुम¥याङ रेष्टुरेण्ट, एन्फा गण्डकी, पोखरा पिज्जा हाउस, सोल्टी पिउने पानी र यती एयरलाईन्सले समेत सहयोग घोषणा गरिसकेका छन् ।
खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चले जनाएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा परिचित छ ।