
भरतपुर हाइटमा रहेको ल्याडमार्क नारायणीले ७० कोठाको होटलबाट सेवा सुरू गरेको छ । व्यापारिक र पारिवारिक पाहुनाका लागि उत्कृष्ट सेवा र सुविधा प्रदान गर्न तयार रहेको ल्यान्डमार्क होटलका महाप्रबन्धक बोधराज लम्सालले जानकारी दिनुभयो
ल्यान्डमार्क नारायणीमा ठूला सभा र कार्यक्रम गर्न सकिने ६ वटा हल रहेका छन भने रमाइलो वातावरणमा खाना खानका लागि रेस्टुरेन्ट र पेय पदार्थको विविधता सहितको बार रहेको छ । पहुनाहरूको सुविधाका लागि कफी हाउस रहेको छ भने खुला आकाशमुनि आरामदायी ढंगले समय बिताउनका लागि ओपन टेरेस समेत रहेको छ ।
यस्तै देवघाटको भुवनटारमा करिब चार एक्करमा फैलिएको ल्याण्डमार्क फार्म हाउसमा आरामदायी कोठा, कटेज, ट्रि हाउस र स्वीमिङ पुल रहेका छन ।
उहाँका अनुसारमा फार्म हाउसमा फार्म टु टेवल डाइनिङ जसमा ताजा र स्थानीय उत्पादनमा आधारित भोजन हुनेछ । फार्म हाउसमा स्विमिङ पूल, पूल साइड पार्टी स्पेस, बार र रेस्टुरेन्ट तथा ट्री हाउस पनि रहेको जानकारी दिनुभयो ।
भरतपुर र देवघाट क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने लक्षले ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट सेवा विस्तार गरेको अर्का निर्देशक रमेश पाण्डेले जानकारी दिनुभयो । उहाँले ल्यान्डमार्क नारायणी र ल्यान्डमार्क फार्म हाउसको व्यवस्थापन सम्हालेसँगै ल्यान्डमार्कले नेपालको पर्यटन क्षेत्रमा आफ्नो उपस्थिति थप मजबुत बनाएको बताउनुभयो ।
ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट्स नेपालकै प्रतिष्ठित हस्पिटालिटी समूह हो । ल्यान्डमार्कले लामो समयदेखि काठमाडौँ, पोखरा, चितवन र भैरहवामा लक्जरी होटल र रिसोर्टहरूको सञ्चालन र व्यवस्थापन गर्दै आएको छ ।