कास्कीको यु–१६ क्रिकेट टोलीलाई कमलपोखरी बचत तथा ऋण सहकारी संस्थाको सहयोग

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

कास्की ।
कमलपोखरी बचत तथा ऋण सहकारी संस्था पोखरा १३ ले कास्कीको यु–१६ क्रिकेट टोलीलाई ल्यापटप ब्याग तथा टोपी सहयोग प्रदान गरेको छ ।

संस्थाले १७ थान झोला र त्यतिनै टोपी सहयोग प्रदान गरेको हो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा संस्थाका अध्यक्ष माधव आचार्य, सचिव कुमार केसी लगायतले कास्कीका खेलाडी, टिम कोच, मेनेजर तथा अफिसियलहरुलाई उक्त सहयोग सामग्री हस्तान्तरण गरे ।

सो अवसरमा बोल्दै अध्यक्ष आचार्यले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कास्कीको क्रिकेट विकासमा आफुहरुको यो सहयोगको शुरुवात गरेको बताए । आगामी दिनहरुमा पनि सहयोग कार्यलाई निरन्तरता प्रदान गर्ने आचार्यको भनाई थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै क्रिकेट संघ कास्कीका अध्यक्ष सञ्जयकान्त सिग्देलले यस किसिमको सहयोगले खेलाडीहरुको हौसला बुलन्द हुने बताए । संघ कास्कीका सचिव कमल थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्