
हेमजा । आजदेखि पाेखरा २५ हेमजामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता शुरु हुदैछ । “युवा एकता र विकासका लागि खेलकुद ” भन्ने मूल नाराका साथ हेमजा यूनाईटेडकाे आयोजनामा हुने प्रतियाेगितामा १३ टिमकाे सहभागिता रहनेछ ।
आगामी १७ गतेसम्म हुने ३५ वर्ष भन्दा माथि उमेर समूहबिचकाे अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताकाे पहिलाे खेल आयोजक हेमजा युनाइटेड निलो र वडा न. २९ बिच बिहान ठिक १०ः०० बजे हुने क्लबका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक इन्द्र बहादुर कुवँरले जानकारी दिए ।
दोस्रो खेल वडा न. १५ र १६ बिच हुने छ । प्रतियोगितामा पोखरा महानगरपालिका वडा नं २५ को २ समूह सहित १३ समूहले सहभागिताको लागि टिम दर्ता गरेका छन् ।
प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले गर्ने क्लवका अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठले यस प्रतियोगिताले एकता भाईचार बढाउँदै खेलकुदमा अभिरुचि जगाउने विश्वास समेत व्यक्त गरे ।
प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख ११ हजार १११ र द्धितिय पुरस्कार रु ५५ हजार ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकता, उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु २ हजार साथमा ट्रफि प्रदान गरिने छ ।
साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई Kनगद रु ५ हजार साथमा ट्रफी र क्वाटर फाइनल देखिका म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिने खेल समन्वय संयोजक सौरभ कार्कीले जानकारी दिए ।
पोखरा महानगर एवं २५ नं वडा कार्यालयको संरक्षणमा हुने यस प्रतियाेगितामा गण्डकी प्रदेश फुटबल संघ, कास्की जिल्ला फुटबल संघ र जिल्ला खेलकुद विकास समितिको विशेष सहयोगीको भुमिका रहेको छ । खेल पोखरा–२५, हेमजा गौरीशङ्कर खेल मैदान(गैरी)मा हुने छ ।