हेमजा युनाइटेड ‘नीलाे’ अन्तर वडा स्तरीय फुटबल प्रतियाेगिताकाे सेमिफाइनलमा प्रवेश

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

 


पाेखरा । पाेखरा महानगरपालिका वडा नं २५ हेमजामा शनिबार देखि जारी ३५ वर्ष माथिको उमेर समूहको “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२” को तेस्रो दिन दुई खेल सम्पन्न भएको छ ।

सोमवार पहिलो खेल वडा न १३ र १४ बिच भएको थियो ।जस्मा १३ ले २–० गोलको अन्तरले १४ लाई पछि पार्दै आगामि यात्रा तय ग¥यो ।

आयोजक वडा न. २५ निलो र वडा न. २० विच  भएको पहिलो क्वाटरफाईनलको खेलमा ४–० गोल अन्तरले पछि पादै वडा न.२५ निलोले सेमिफाइनल प्रवेश गरेको छ । उक्त खेलमा वडा न.२५ जसी न. ६ का खेलाडी राजु श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।

भोलिको पहिलो खेल वडा न.५ र २५ रातो बिच विहान ८ः०० बजे हुनेछ । दोस्रो वडा न.१  र  ६ बिच विहान १०ः०० बजे हुने खेल संयोजक इन्द्र बहादुर कुंवारले जानकारी दिनु भयो ।

१३ समूहको सहभागिता रहेको प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख ११ हजार १११ र द्धितिय पुरस्कार रु ५५ हजार  ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकता, उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु २ हजार साथमा ट्रफि प्रदान गरिने छ  ।

साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी र क्वाटर फाइनल देखिका म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिएको अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए ।

खेल जेष्ठ १७ गते सम्म गौरीशंकर खेल मैदान(गौरी)मा सञ्चालन हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्