अन्तर वडा स्तरीय फुटबल : उपाधिका लागि वडा न.१ र १५ भिड्ने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

हेमजा । हेमजा यूनाइटेडको आयोजनामा भएकाे अन्तर वडा स्तरीय फुटबल प्रतियाेगिताकाे उपाधिका लागि वडा न.१ र १५ भिड्ने भएका छन् ।

विहिवार भएको सेमिफाइनल खेलबाट वडा १ र १५ ले उपाधिकाे लागि यात्रा तय गरेका हनु ।

विहिवार भएकाे पहिलाे सेमिफाइनल खेलमा वडा नं.२५ र १ बिचको खेलको निर्धारित  समयमा दुवै टिमले २/२ गोलका बराबरीको नतिजा निकाल्दा  खेल ट्राइवेकरमा परिणत भयो ।

जसमा वडा नं.१ ले वडा नं.२५ लाई ५–३ को गोल अन्तरले पछि पार्दै फाइनल प्रवेश गरेको हो । जितका लागि वडा न १ का जर्सी नंं.७ का ईश्वर गुरुङ, जर्सी नंं.१० का मिलन गुरुङ,  जर्सी नं.२ का अन्तिम गुरुङ, जर्सी नं. १६ का असीम र जर्सी नं.९ का बासूँ जि सिले १/१ गोल गरेका थिए ।   वडा नं.१ का जर्सी नं.९ का बासूँ जि.सी उक्त खेलको म्यान अफ दि म्याच घोषित भए ।

सोही दिन भएको दोस्रो सेमिफाइनल खेलमा वडा नं.१५ ले वडा नं.५ लाई ४–१ को गोल अन्तरले पछि पार्दै वडा नं.१५ले फाइनलको यात्रा सुनिश्चित ग¥यो । जितका लागि वडा १५ का जर्सी नं. २३ का इन्द्र थापाले २ गोल गरे साथै  जर्सी नं.१२ का मिलन गुरुङ र जर्सी नं. ७७ का सोम गुरुङले १/१ गोल गरे । उक्त खेलमा वडा नं.१५ का जर्सी नं.१२ का  मिलन गुरुङ म्यान अफ दि म्याच घोषित भए ।

‘युवा एकता र विकासका लागि खेलकुद’भन्ने मूल नाराका साथ जेष्ठ १० गते देखि जारी अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको शनिबार फाइनल खेल हुनेछ ।

वडा नं. १ र १५ विचको  फाइनल खेल  दिनको ठिक १:०० बजे हुने खेल संयोजक इन्द्र बहादुर कुवारले जानकारी दिए ।

हेमजा युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठले हालसम्मका खेलहरु साैहार्दपूर्ण वातावरणमा समपन्न भएकाे जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद रु. लाख ११ हजार १११ र उप–विजेताले नगद रु. ५५ हजार ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकता, उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु. २ हजार साथमा ट्रफि साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद रु. ५ हजार साथमा ट्रफी प्रदान गरिने जानकारी दिए । क्वाटर फाइनल देखिका म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिएको अध्यक्ष श्रेष्ठले थप उल्लेख गरे ।

प्रतियोगितामा ३५ वर्ष भन्दा माथि उमेर समूहको सहभागिता रहेको छ । पोखरा महानगरपालिका तथा वडा न। २५ को संरक्षणमा प्रतियोगिता आयोजना गरिएको हो । गण्डकी प्रदेश फुटबल सङ्घ, कास्की जिल्ला फुटबल सङ्घ, र जिल्ला फुटबल समितिको विशेष सहयोगीको भूमिका रहेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्