पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार उत्तम मान बुद्धाचार्यलाई अत्यधिक मतले विजय गराऔं ।

गण्डकीका सांसद दीपक मनाङे पदमुक्त

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशका सांसद दीपक मनाङे (राजीव गुरुङ) सांसद पदबाट हटेका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासले फौजदारी मुद्दामा दोषी ठहर भई फैसला अन्तिम भएको कारण देखाउँदै उनलाई पदमुक्त गर्ने निर्णय गरेको छ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र कुमार चुडाल सम्मिलित इजलासले बुधबार यो फैसला सुनाएको हो। यो निर्णयले मनाङेको सांसद पद तत्काल प्रभावबाट खारेज भएको छ।

मनाङे विरुद्ध फौजदारी अभियोगमा दोषी ठहर भएको विषयमा सर्वोच्चमा रिट दायर भएको थियो। यो फैसलाले उनको राजनीतिक करिअरमा ठूलो धक्का लाग्ने देखिएको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्