
पाेखरा । पाेखरा ६ गाैरीघाटस्थित चाैताराे जीर्णाेद्वार गरिएकाे छ । यससँगै हरियाली प्रवर्द्वनका वातावरणमैत्री पार्क पनि निर्माण गरिएकाे छ ।
लामाे इतिहास बाेकेकाे उक्त चाैताराे जथाभावी फाेहाेर फाेलेर डम्पिङ साइडकाे रुपमा परिणत भएपछि डिभिजन वन कार्यालय कास्कीले चाैताराे जीर्णाेद्वारका लागि चासाे देखाएकाे हाे ।
डिभिजन वन कार्यालयकाे ४ लाख रुपैयाँ आर्थिक सहयाेग, उपभोक्ताबाट १ लाख २ हजार ९ सय ५१ रुपैयाँ बराबरको जनसहभागिता र पाेखरा महानगरपालिका ६ नम्वर वडा कार्यालयकाे समन्वयमा चाैताराे जीर्णाेद्वार र वातावरणमैत्री पार्क निर्माण गरि बुधबार स्थानिय निकायलाई नै हस्तान्तरण गरिएकाे हाे ।
कार्यक्रममा बाेल्दै डिभिजन वन कार्यालय कास्कीका डिभिजन वन अधिकृत काेमलराज काफ्लेले चाैताराे जीर्णाेद्वार र वातावरणमैत्री पार्क निर्माणले आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्वन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
प्राकृतिक स्राेत र साधनकाे बढि प्रयाेग गरि थाेरै लागतमा स्तरीय संरचना निर्माण गरिएकाेमा उनले उपभाेक्ता समितिलाई धन्यवाद दिए । वन अधिकृत काफ्लेले उक्त चाैताराे अपांगमैत्री भएकाेमा खुसी व्यक्त गरे ।
उनले चाैताराे संरक्षण र पार्क निर्माण सुरुवाती चरणमा रहेकाे बताउँदै अब यसकाे दिगाे संरक्षण र संवर्द्वनका लागि स्थानिय पालिका, डुङ्गा व्यवसायी समिति तथा उपभाेक्ताहरुकाे भूमिका महत्वपूर्ण रहने बताए ।
अहिले लगानी गरेर निर्माण गरिएका संरचनाहरु पछि बेवारिसे हुन नहुने उनकाे भनाई छ ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी हरिप्रसाद गाैतमले टुरिज्म एरियामा रहेकाे चाैताराे र आसपासका क्षेत्र डम्पिङ साइडको रुपमा परिणत भएको हुनाले चौताराेलाई मूर्त रुप दिने र प्राकृतिक वातावरण निर्माण गर्ने कार्य गरिएकाे बताए ।
जसका लागि स्थानिय निकाय, उपभाेक्ता समिति तथा डुङ्गा व्यवसायीकाे याेगदान अतुलनीय रहेकाे उनकाे भनाई छ ।
नागरिक समाज कास्कीका पूर्व संयोजक विष्णुहरि अधिकारीले चौतारीको जीर्णाेद्वार र हरियाली प्रवर्द्वन उत्कृष्ट कार्य भएकाे बताउँदै उक्त संरचना नामकाे मात्र नभएर बस्न मिल्ने, योग गर्न मिल्ने, पर्यटकलाई लाेभ्याउने नमुना कार्य भएकाे बताए ।
फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष काे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन सचिव शिव जि.सीले गरेका थिए ।