
पाेखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले पर्यटन व्यवसायीहरुका लागि वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेकाे छ ।
दिगाे पर्यटनका लागि समान सहभागिता भन्ने हेतुले स्थापित टेवानले व्यवसाय सञ्चालन, वृद्धि, र दीर्घकालीन सफलताको लागि आवश्यक वित्तीय ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले वित्तिय साक्षरता कार्यक्रम आयाेजना टेवानका अध्यक्ष शाेभा पाण्डेले जानकारी दिईन् ।
पाण्डेले याे प्रशिक्षण पर्याप्त नभई निरन्तर चलिरहने सिकाई भएकाे बताईन् । उनले यस सिकाईले व्यवसायीलाई दिगाे , पारदर्शी र लाभदायक बनाउँने विश्वास व्यक्त गरिन् ।
कार्यक्रमका प्रमुख अतिथि पाेखरा भ्रमण वर्ष २०२५ का कार्यसम्पादक संयाेजक गाेपीबहादुर भट्टराईले पर्यटन व्यवसायीलाई आर्थिक निर्णय लिने क्षमता अभिवृद्धि गर्न, जोखिम व्यवस्थापन गर्न, र व्यवसायलाई दिगो र समृद्ध बनाउने बाटो तयार गर्नका लागि वित्तिय साक्षरता कार्यक्रम महत्वपूर्ण भएकाे बताए ।
‘सरकार भनेकाे व्यवसायीकाे अभिभावक हाे, सर्पाेट गर्नुपर्छ तर कुनै पनि सरकारले पर्यटन व्यवसायीकाे भावना बुझेका छैनन् र, व्यवसायमा कठिन भएकाे छ ।’ उनले भने-‘सरकारले विकास निर्माण र पूर्वाधारमा काममा पर्याप्त वजेट खर्च पनि गरेकाे छैन् ।’
पर्यटन प्रवर्द्वनका लागि गर्ने भनिएकाे ‘लेक टु लेक कनेक्ट’ याेजना यतिकै सुस्ताएकाेमा उनकाे गुनासाे छ ।
उनले पर्यटक भित्र्याउनकाे लागि पाेखरा केन्द्रित हैन,स्वदेश र विदेशमा पनि कार्यक्रम गर्नुपर्नेमा जाेड दिए । भट्टराईले व्यवसायमा स्वस्थ प्रतिपर्धा हुन आवश्यक रहेकाे बताए ।
संस्थाका सल्लाहाकार एवं संस्थापक अध्यक्ष लक्की कार्कीले आर्थिक पाटाेलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा आयाेजना गरिएकाे साक्षरता कार्यक्रमकाे प्रशंसा गरिन् ।
पाेखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले वित्तिय साक्षरता कार्यक्रमले व्यवसायिक प्रतिष्ठानका आर्थिक पक्ष चुस्त र दुरुस्त राख्न सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा डा. हाेमनाथ गैह्रेले उद्यमशिलता र व्यवसायिक याेजना लगायतका विषयमा र ग्रिन डेभलपमेन्ट वैंकका रिक्स हेड म्यानेजमेन्ट विभाग प्रमुख रमेश वन्जाडाले वित्तिय साक्षरताकाे विषयमा प्रशिक्षण दिएका थिए ।
पाेखरा महानगरपालिकाकाे व्यवसाय प्रवर्द्वन केन्द्रकाे आर्थिक सहयाेगमा सञ्चालित एक दिने उक्त प्रशिक्षणमा ८६ जना पर्यटन व्यवसायीकाे सहभागिता रहेकाे थियाे ।
संस्थाका महासचिव शाेभा पाैडेलले सञ्चालन गरेकाे कार्यक्रममा संस्थाका उपाध्यक्ष अनिता भट्टराईले धन्यवाद ज्ञापन गरेकी थिईन् ।