विष्णुपादुका टाेल विकास संस्थाकाे अध्यक्षमा रामबहादुर सापकोटा निर्विराेध

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । पाेखरा २५ हेमजास्थित विष्णुपादुका टाेल विकास संस्थाकाे अध्यक्षमा राम बहादुर सापकोटा (राजु) निर्वाचित भएका छन् ।

पाेखरा २५ का वडा सदस्य तारा विश्वकर्माकाे प्रमुख आतिथ्यतामा बुधवार भएकाे संस्थाकाे दाेस्राे अधिवेशनबाट सापकाेटा निर्विराेध निर्वाचित भएका हुन् ।

संस्थाकाे उपाध्यक्षमा मोहन भण्डारी, सचिव झपटबहादुर नेपाली, सहसचिव सरस्वती नेपाली र कोषाध्यक्षमा दुर्गा केसी निर्वाचित भएका छन् ।

यसैगरी सदस्यमा रोम नेपाली, सौजन तिवारी (जैसी) हरी नेपाली र  प्रकाश नेपाली चयन भए ।

नवनिर्वाचित अध्यक्ष रामबहादुर सापकाेटा (राजु) ले  समाज, टोल र छिमेकमा आवश्यक योजनाहरूको लागि पहल, सुरक्षित र सुन्दर टोल निर्माणमा हरदम इमानदारीपूर्वक लागि पर्ने वचनबद्वता जनाए ।

उनले  विष्णुपादुका टोल विकास संस्थाले विगतका वर्षहरूमा निकै राम्रो विकासका कामहरू गरेको उल्लेख गर्दै अब आउने दिनहरूमा पनि सबैको साथ, सहयोग र सल्लाहको अपेक्षा सहित वडाले दिएको निर्देशनमा अहोरात्र विकासका कामहरूमा अग्रपंक्तिमा रहेर काम गर्ने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्