खेलकुद पत्रकार मञ्च गण्डकीको साधारण सभा भदौ २६ गते हुने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा  । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको सातौं साधारण सभा भदौ २६ गते हुने भएको छ ।
मञ्चको बिहीबार बसेको २१ औं  बैठकले साधारण सभा सम्बन्धी निर्णय गरेको मञ्चका अध्यक्ष  मानबहादुर घर्ती (एमबि आस्था) ले जानकारी दिए ।

सोही कार्यक्रममा मञ्चले आयोजना गरेको नवौं पोखरा स्पोर्ट्स अवार्डको समीक्षा र आयव्यय सार्वजनिक गरिने अध्यक्ष आस्थाले खुलाए । यसका अलावा खेल पत्रकारको क्षमता अभिवृद्धिका  लागि भदौ २७ गते तालिम समेत आयोजना हुँनेछ ।

गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा रहेको  मञ्चमा  हाल ७४ जना पत्रकार  आवद्ध छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी २०७५ सालमा केशव पाठक नेतृत्वको तदर्थ समितिले दर्ता गरी प्रदेश संरचनामा लगेको थियो ।

२०५८ सालमा पोखराका खेल पत्रकारहरु संगठित भई रामकृष्ण ज्ञवाली संस्थापक अध्यक्ष रहेको मञ्च कास्कीको विस्तारित रुपमा यहाँसम्म आइपुगेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्