
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। सोमबार दिउँसो प्रदर्शनकारीहरूको आक्रोशित भीड मन्त्री गुरुङको घरमा पुगेपछि यस्तो घटना भएको हो।
सुरुमा प्रदर्शनकारीहरूले घरतर्फ ढुंगामुढा गरेका थिए। त्यसपछि स्थिति नियन्त्रणबाहिर जाँदा उनीहरूले घरमा आगजनी गरेको एक सुरक्षा अधिकृतले जानकारी दिए।
आगजनीबाट भएको क्षतिको विवरण सार्वजनिक भएको छैन भने सुरक्षाकर्मीले घटनास्थलमा नियन्त्रण पाउन प्रयास जारी राखेको जनाइएको छ।