पोखरामा कर्फ्यु

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । जेनजी आन्दोलन चर्किँदै गएपछि कास्की जिल्ला प्रशासन कार्यालयले पोखराको संवेदनशील क्षेत्रमा सोमबार बिहानदेखि कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बिहान १० बजेदेखि राति १० बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेकी हुन्।

कर्फ्यु आदेश अनुसार पोखरा महानगरपालिकाका १, २, ६ र ९ नम्बर वडामा धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम पूर्ण रूपमा निषेध गरिएको छ।

आन्दोलन जारी रहने संकेत देखिएपछि प्रशासनले सुरक्षाको कारण कर्फ्यु लगाउनुपरेको जनाएको छ। आइतबार काठमाडौंसहित विभिन्न स्थानमा प्रहरीले बल प्रयोग गर्दा व्यापक घाइते भएपछि आज पनि आन्दोलन जारी रहेकाले पोखरामा कर्फ्यु आदेश लागू गरिएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्