जेनजी प्रदर्शनकारी सिंहदरबारभित्र प्रवेश, नेताहरूलाई सेनाको हेलिकप्टरबाट सारियो

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । मंगलबार बिहानैदेखि आक्रामक बनेका जेनजी प्रदर्शनकारीहरू सिंहदरबारभित्रै प्रवेश गरेका छन्। केहीबेरअघि उनीहरूले मुख्य गेट तोडेर सिंहदरबार परिसरभित्र पसेका हुन्।

सोमबारदेखि सुरु भएको आन्दोलन आज पनि काठमाडौंसहित देशका ठूला शहरहरूमा उग्र रूपमै जारी छ। राजधानीमा प्रदर्शनकारीले सिंहदरबारसँगै शीर्ष नेताहरूका घर, पार्टी कार्यालय र प्रहरी कार्यालयहरूमा समेत लगातार ढुंगामुढा गरिरहेका छन्।

स्थिति थप तनावपूर्ण बनेपछि सुरक्षाका कारण मन्त्रीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत अन्यत्र सारिएको सरकारी स्रोतले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्