प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । जेनजी आन्दोलन चर्किएसँगै देशभरको राजनीतिक संकट उत्कर्षमा पुगेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा घोषणा गरेका हुन्। आन्दोलन नियन्त्रण गर्न सरकारले गरेको बल प्रयोगपछि आलोचना चुलिएसँगै उनले पद छाड्ने निर्णय गरेका हुन्।

प्रधानमन्त्री ओलीको राजीनामापछि नयाँ सरकार गठनका लागि संविधानअनुसारको प्रक्रिया सुरु हुने भएको छ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। उनले सोमबार राष्ट्रपति समक्ष राजीनामापत्र बुझाएका हुन्।

२०७१ साल असार ३१ गते संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका ओलीले हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधानसम्मत राजनीतिक निकासका लागि पद त्याग गरेको राजीनामापत्रमा उल्लेख छ।

ओलीले संविधानको धारा ७७(१)(क) बमोजिम आजैदेखि लागू हुने गरी पदत्याग गर्ने घोषणा गरेका छन्।

प्रधानमन्त्री ओलीको राजीनामापछि मुलुकमा नयाँ सरकार गठन प्रक्रियाको बाटो खुलेको छ। संविधान अनुसार अब राष्ट्रपतिले राजनीतिक दलहरूलाई सरकार गठनका लागि आह्वान गर्नेछन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्