
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलरत Gen Z पुस्तालाई वार्तामा आउन अपिल गरेका छन्।
राष्ट्रपतिले भनेका छन्, “लोकतन्त्रमा नागरिकले उठाएका माग जेनजीका प्रतिनिधिसमेत बसी वार्तार संवादमार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई थप क्षति हुन नदिन र वार्तामा आउन म सबैलाई अपिल गर्दछु।”
उनी राष्ट्रपतिले यस विषयमा परिस्थितिको शान्तिपूर्ण समाधानका लागि सबै नागरिकलाई सहयोग गर्न अनुरोध पनि गरेका छन्।