सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन सहमति, तर संसद् विघटनमा विवाद

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई चुनावी सरकार प्रमुख बनाउन परम्परागत दल र जेनजी प्रतिनिधि सहमत देखिएका छन् । यससँगै नेपालले पहिलो पटक महिला सरकार प्रमुख पाउने सम्भावना प्रबल भएको छ ।

तर संसद् विघटन गर्ने वा नगर्ने विषयमा मत नमिलेपछि बिहीबार राति शितलनिवासमा भएको वार्ता निष्कर्षविहीन भयो । जेनजी पक्ष संसद् विघटनको अडानमा रहँदा पुराना दल र राष्ट्रपति रामचन्द्र पौडेल संसद्बाटै समाधान खोज्नुपर्ने धारणा राखेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार शुक्रबार बिहान पुनः छलफल गर्ने तय भएको छ । यसअघि नेपाली सेनामार्फत जेनजी प्रतिनिधिले अन्तरिम सरकार प्रमुखका लागि कार्कीको नाम अघि सारेका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्