
पोखरा। जेनजी आन्दोलनसँगै नकारात्मक रुपमा प्रभावित हुन पुगेको पोखरेली पर्यटनलाई टिकाउने प्रयासस्वरुप पोखरेली पर्यटन व्यवसायीले आफ्नो पहल अगाडि बढाएका छन् ।
यसका लागि होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीसहितको एक टोलीले आइतबार केन्द्रिय बैंकका गभर्नर विश्वनाथ पौडेल र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलाई भेटी आफ्ना दुःखेसो सुनाएका थिए ।
अहिलेको अवस्थामा पर्यटन क्षेत्र तत्काल रिभाइभ हुने अवस्थामा नभएकोले मौद्रिक नीति मार्फत् व्यवसायीका अफ्ठ्यारा र समस्या संवोधन गरिनुपर्ने सुझाव राखिएको अध्यक्ष सुवेदीले जानकारी दिए ।
अहिले तिर्नुपर्ने बैंक तथा वित्तिय संस्थाको किस्ताको समय कम्तिमा ६ महिना सारिदिनुपर्ने, ऋणको पूर्नतालिकिकरण गरिदिनुपर्ने र संचालन खर्चका लागि सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन पहल गर्नुपर्ने माग पनि व्यवसायीले राखेका थिए ।