तालबाराही मावि भूपू विद्यार्थी एसोसिएसनद्वारा शुभकामना आदानप्रदान

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । तालबाराही माध्यमिक विद्यालय भूपू विद्यार्थी एसोसिएसनले नेपालीहरूको महान् चाड बडादशैं, तिहार तथा छठ पर्वको अवसरमा मंगलबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

अध्यक्ष डा. मनोज कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका पदाधिकारी, सल्लाहकार, आजीवन सदस्य र शुभेच्छुकबीच पारस्परिक शुभकामना आदानप्रदान गरिएको थियो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष नारायण पहारी, उपाध्यक्ष सचिव केसी, सचिव हरिराज कोइराला, कोषाध्यक्ष विजय पहारी, सहसचिव गोविन्द देवकोटा, सदस्यहरू ओमनाथ अधिकारी, प्रदीपकुमार श्रेष्ठ, रामकृष्ण पहारी र अमृत खड्का लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी, विशेष अतिथिका रूपमा सल्लाहकार भरतराज पराजुली, तेज नारायण पराजुली, ज्ञानेन्द्रराज कोइराला, गणेशराज पहारी, देवप्रसाद कोइराला लगायत सहभागी भएका थिए ।

कार्यक्रममा बोल्ने भूपू विद्यार्थीहरूले विद्यालयसँगको आत्मीय सम्झना गर्दै एसोसिएसनलाई अझै सक्रिय बनाउनुपर्नेमा जोड दिए । उनीहरूले दशैं, तिहार र छठ पर्वले ल्याउने आपसी मेलमिलाप र एकताको सन्देशलाई व्यवहारमा उतार्दै सामाजिक सहकार्यमा लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

बैठकले आगामी गतिविधिलाई अझ सुदृढ बनाउन छलफलसमेत गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्