मोबाइल र इलेक्ट्रोनिक्स सामान किन्दा च्याङ्ग्रा उपहार

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।
पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघमा आवद्ध प्रतिष्ठानहरुबाट मोबाइल तथा इलेक्ट्रोनिक्स सामान किन्ने दुई जनाले च्याङ्ग्रा उपहार पाएका छन् ।

प्रथम ऐतिहासिक चाडपर्व उपहार कुपन योजना २०८२ को मंगलबार सार्वजनिक गरिएको पहिलो चरणको नतिजा अनुसार कमल अधिकारी र अमिन दाहालले च्याङ्ग्रा जितेका हुन् । अरुन राईले ३२ इन्चको स्मार्ट टिभी पुरस्कार पाएका छन् ।


मंगलबारै खोलिएको उपहारबाट चार जनाले स्मार्ट फोन, २५ जनालाई किप्याड फोन, २५ जना इयरबड, छ जनालाई स्मार्ट वाच, चार जनालाई ब्लुटुथ स्पिकर, ६ जनालाई पावर बैंक, दुई जनालाई राइस कुकर, दुई जनालाई इलेक्ट्रिक जग र २५ जना भित्तेघडीका विजेता यकिन भएका छन् ।

संघ अध्यक्ष चिन्तामणि खरेलले उपहार लिन सात दिनभित्र कुपनको अर्धकट्टी र परिचयपत्रसहित सङ्घको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेका छन् । उनले उत्साहजनक रुपमा उपहार योजनामा भाग लिएकोमा संघका सदस्यहरु र ग्राहकलाई समेत धन्यवाद ज्ञापन गरेका छन् ।

व्यवसायी र ग्राहकको हितलाई ध्यानमा राखी साउन १५ गतेदेखि आउँदो पुस १५ गतेसम्म ५ महिनाका लागि चाडपर्व लक्षित उपहार योजना ल्याइएको हो ।

योजनाका मुल आयोजक समितिका संयोजक तथा पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ कास्की अध्यक्ष खरेलले इलेक्ट्रनिक्स सामान तथा मोबाइल खरिद गर्ने ग्राहकले एउटा कुपन फ्रिमा पाउने र सोही कुपनद्वारा लक्की ड्रमार्फत भाग्यशाली विजेता छानिने बताए ।


योजना अन्तर्गत ५ सय ६ जना भाग्यशाली विजेताले उपहार प्राप्त गर्ने छन् । भाग्यशाली विजेता एक जनालाई मोटरसाइकल, एक जनालाई स्कुटर, २ जनालाई च्यांग्रा, २ जनालाई फ्ल्याकसिप मोबाइल फोन, २० जनालाई स्मार्ट फोन, ५ जनालाई ३२ इन्चको टिभी, १० जनालाई राइसकुकर दिइनेछ ।

१० जनालाई इलेक्ट्रिक जग, १ सय २५ जनालाई किप्याड फोन, १ सय २५ जनालाई इयरबड, २० जनालाई स्पीकर, ३० जनालाई पावर बैंक, ३० जनालाई स्मार्ट घडी, १ सय २५ जनालाई भित्ते घडी प्रदान गरिनेछ ।

संस्थामा ३ सय १० व्यवसायी आवद्ध छन् । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघका सल्लाहकार नारायण सुवेदीले यो मेलालाई सिग्नेचर कार्यक्रमका रुपमा निरन्तरता दिइनुपर्ने उल्लेख गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्