६ जना निवर्तमान सांसदले मात्र गरे रातो पासपोर्ट फिर्ता

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको एक महिना हुन लाग्यो । यसबीचमा जम्मा ६ जना निवर्तमान सांसदले मात्रै कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन् । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सांसद पदमा नरहेपछि स्वतः रातो पासपोर्ट फिर्ता गर्नुपर्ने व्यवस्था छ।

सचिवालयका अनुसार पासपोर्ट फिर्ता गर्ने सांसदहरूमा प्रतिमा गौतम, रमा कोइराला पौड्याल, सपना राजभण्डारी, रघुजी पन्त, कान्तिका सेजुवाल र तोसिमा कार्की रहेका छन्। साथै एमालेका ऋषिकेश पोखरेलको पासपोर्ट जलेको जानकारी आएको छ।

राहदानी नियमावली अनुसार पदमा नरहेपछि एक महिनाभित्र पासपोर्ट फिर्ता गर्नुपर्ने प्रावधान छ। फिर्ता नगर्नेको पासपोर्ट विभागले रद्द गर्ने व्यवस्था रहेको छ।

रास्वपाले आफ्ना सांसदलाई पासपोर्ट बुझाउन निर्देशन दिए पनि तोसिमा कार्की बाहेक अरूले अझै बुझाएका छैनन्। रास्वपाका गणेश पराजुलीले चाँडै पासपोर्ट फिर्ता गर्ने तयारी भइरहेको बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्