
काठमाडौँ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गते जेनजी आन्दोलनको नाममा भएका हत्या, आगजनी र तोडफोडका घटनाका रहस्य क्रमशः खुल्दै गएपछि एमाले जनतामाझ अझ बढी लोकप्रिय र विश्वसनीय बन्ने विश्वास व्यक्त गरेका छन् ।
उनले फेसबुकमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् । महासचिव पोखरेलका अनुसार ती घटनाका पछाडि लुकेका यथार्थ उजागर हुन थालेपछि एमालेप्रतिको जनआस्था झनै बलियो बन्नेछ र पार्टी जनताको विश्वासको केन्द्रका रूपमा स्थापित हुने छ। उनले लेखेका छन् “भदौ २३ र २४ गतेका बीभत्स घटनाका रहस्य क्रमशः खुल्दै जाँदा नेकपा (एमाले) जनताको सर्वाधिक लोकप्रिय र विश्वसनीय पार्टी बन्नेछ।”
स्मरणीय छ, सो क्रममा आन्दोलनकारीका नाममा हिंसात्मक गतिविधि भई युवा विद्यार्थीको हत्याका साथै तोडफोड, आगजनी र प्रहरीमाथि आक्रमण भएका थिए। ती घटनाका विभिन्न पक्षबारे अहिले अनुसन्धान र तथ्य सार्वजनिक हुने क्रम जारी छ।