माछापुच्छ्रे–५ रिभान, हुम्दी डाँडा गाउँमा साेमबारदेखि भलिबल प्रतियोगिता हुने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभान हुम्दी डाँडा गाउँमा माछापुच्छ्रे गाउँपालिका अन्तर गाउँस्तरीय प्रथम पुरुष भलिबल प्रतियोगिता –२०८२ हुने भएको छ । “मैत्री भाव तथा स्वास्थ्यका लागि खेलकुद ” भन्ने मूल नाराका साथ सिद्धबराह हुम्दी डाँडा गाउँ भलिबल क्लबको आयोजनामा यही कात्तिक १० गते देखी १२ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो ।

माछापुच्छ्रे गाउँपालिका–५ रिभान हुम्दी डाँडागाउँ खेल मैदानमा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा माछापुच्छ्रे  गाउँपालिका ९ वटा वडाबाट करिब २५ भन्दा बढी समूहको सहभागिता रहने अनुमान गरिएका खेल संयोजक अमृत लामिछानेले बताए  ।

प्रतियोगिताको विजेता टिमले नगद ३० हजार, ट्रफी, मेडल प्रमाणपत्र हात पार्ने छन् । त्यस्तै, उपविजेता टिमले नगद २२ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन् ।

प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीमध्ये व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी वेस्ट स्पाईकर, वेस्ट सर्भर, वेस्ट ब्लकरलाई नगदका साथमा ट्रफि प्रदान गरिने  क्लबका अध्यक्ष युवराज गुरुङले जानकारी दिए ।

खेल संयोजक  लामिछानेका अनुसार  साेमबार विहान १० बजे माछापुच्छ्रे  गाउँपालिका अध्यक्ष मिन बहादुर गुरङको प्रमुख अतिथ्यतामा कार्यक्रमको उद्धघाटन हुनेछ । कार्यक्रमका बिच महिला फुटबल साथै रस्साकस्सी लागयता अन्य खेलहरू पनि रहने आयोजकले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्