सुन ७ सयले सस्तो, चाँदी ४५ रुपैयाँले महँगियो

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । देशभर बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेर २ लाख ३६ हजार ३ सय रुपैयाँमा पुगेको छ। मंगलबार यसै सुनको भाउ २ लाख ३७ हजार रुपैयाँ तोकिएको थियो।

महासंघका अनुसार यसअघि असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च दरमा पुगेको थियो, प्रतितोला २ लाख ५८ हजार रुपैयाँ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार (नेपाली समय अनुसार बिहान ११ बजे) प्रतिऔंस ३९५८ अमेरिकी डलरमा सुनको कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य भने वृद्धि भएको छ। अघिल्लो दिन २९२० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ४५ रुपैयाँले बढेर २९६५ रुपैयाँ पुगेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्