पोखरा । शनिबारदेखि SAFF U-19 महिला फुटबल च्याम्पियनशिप हुने भएकाे छ । नेपाल अखिल नेपाल फुटबल संघ (एन्फा) काे आयाेजनामा हुने खेल आगामी २४ गतेसम्म पोखरास्थित पोखरा रंगशालामा हुनेछ ।
प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेशका यू-१९ महिला टोलीहरू सहभागी हुनेछन्। प्रतियोगितामा सहभागीहरूको लागि सामूहिक प्रशिक्षण र व्यवस्थापन सुविधा उपलब्ध गराइनेछ।
प्रतियाेगितामा प्रवेश शुल्क साधारण रु.२ सय र भिआइपी रु.५ सय ताेकिएकाे छ । प्रतियाेगिताका लागि सम्पुर्ण तयारी पुरा भएकाे एन्फाले जनाएकाे छ ।










