पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार उत्तम मान बुद्धाचार्यलाई अत्यधिक मतले विजय गराऔं ।

प्लानिङ ब्वाइजलाई हराउँदै उज्वेकिस्तानी टोलि आभा सेमिफाइनलमा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । उज्वेकिस्तानी टोली आभा फुटबल क्लब २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । प्लानिङ ब्वाइज युनाइटेडलाई १-० ले हराउँदै पाहुना टोली आभाले सेमिफाइनलको यात्रा तय गरेको हो ।

सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालास्थित फुटबल मैदान भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । खेलको ५६ औं मिनेटमा युमिदजोन करिलोभले उत्कृष्ट गोल गर्दै अग्रता दिलाए ।

जितसंगै आभाले सेमिफाइनलमा जावलाखेलको सामना गर्नेछ । यस्तै प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा भोलि  आयोजक सहारा क्लब र मनाङ मर्स्याङ्दी भिड्दै छन्  ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्