पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढ्यो

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बुधबार साँझ जारी गरेको सूचनाअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५/१५ रुपैयाँले मूल्यवृद्धि गरिएको हो।

मूल्यवृद्धिपछि पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १६९ रुपैयाँ ५० पैसाबाट बढेर १८४ रुपैयाँ पुगेको छ। दोस्रो वर्गका लागि १८६ रुपैयाँ तथा तेस्रो वर्गका लागि १८७ रुपैयाँ कायम गरिएको छ।

यसैगरी, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गमा १४९ रुपैयाँ ५० पैसाबाट बढेर १६४ रुपैयाँ ५० पैसा पुगेको छ। दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ।

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई राखेको छ। दोस्रो वर्गमा सुर्खेत र दाङ पर्दछन् भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल समावेश गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्