एकै छलाङमा बालेन प्रधानमन्त्री, शक्ति समीकरण उल्टियाे

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बालेन्द्र शाहलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। उनले आज नै सपथ ग्रहण गर्नेछन् ।  उनको नियुक्तिसँगै देशको राजनीतिक शक्ति समीकरणमा अप्रत्याशित परिवर्तन आएको छ।

संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता शाह प्रधानमन्त्री बनेका हुन्। परम्परागत दलहरूको प्रभावबीच नयाँ शक्ति उदाउँदै सरकारको नेतृत्वमा पुगेपछि राजनीतिक वृत्तमा व्यापक चर्चा सुरु भएको छ।

काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर फागुन २१ मा सम्पन्न निर्वाचनमार्फत पहिलोपटक संघीय संसदमा प्रवेश गरेका शाह छोटो समयमै देशको कार्यकारी नेतृत्वमा पुग्न सफल भएका छन्। उनको यो यात्रा नेपाली राजनीतिमा असामान्य उथलपुथलको संकेतका रूपमा हेरिएको छ।

शाहको नियुक्तिसँगै पुराना दलहरूबीचको शक्ति सन्तुलन फेरिएको विश्लेषण गरिएको छ। नयाँ समीकरण निर्माण, गठबन्धनको पुनर्संरचना तथा नीतिगत प्राथमिकतामा परिवर्तन हुने अपेक्षा गरिएको छ।

नवनियुक्त प्रधानमन्त्री शाहले छिट्टै मन्त्रिपरिषद् गठन गर्ने र सरकारका प्राथमिकता सार्वजनिक गर्ने तयारी गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्