पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार उत्तम मान बुद्धाचार्यलाई अत्यधिक मतले विजय गराऔं ।

सेयर विवादले समात्यो गृहमन्त्री गुरुङलाई, अन्ततः राजीनामा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्।
विवादित व्यवसायीसँग सेयर कारोबारमा संलग्न रहेको आरोप लागेपछि गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष राजीनामा बुझाएका हुन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामाबारे जानकारी दिएका छन्।

प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेको दिनमै मन्त्रिपरिषद् गठन गरेका थिए, जसअन्तर्गत गुरुङलाई गृहमन्त्री नियुक्त गरिएको थियो।
कार्यकालको सुरुवातमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरी चर्चा बटुलेका गुरुङ पछिल्लो समय भने विभिन्न विवादका कारण आलोचनामा पर्दै आएका थिए।

उच्च स्रोतका अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको छलफलपछि गुरुङले प्रधानमन्त्री शाहलाई राजीनामा दिएका हुन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्