मुख्यमन्त्री शाहका प्रमुख स्वकीयको वडा सभापति पद खोसियो

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक कार्यमा असहयोग गरेको आरोपमा कैलालीको लम्कीचुहा नगरपालिका–१ का वडा सभापति प्रयागराज खनालको जिम्मेवारी खोसेको छ।

पार्टीको निर्णय कार्यान्वयनमा सहयोग नगरेको भन्दै खनाललाई वडा सभापतिको जिम्मेवारीबाट हटाइएको कांग्रेस स्रोतले जनाएको छ।

खनाल सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहका प्रमुख स्वकीय सचिवसमेत हुन्।

वडा सभापतिको जिम्मेवारीबाट हटाइएपछि क्रियाशील सदस्यता अद्यावधिकको कार्य सम्पन्न गराउन कृष्णप्रसाद रिमाललाई जिम्मेवारी दिइएको छ।

नेपाली कांग्रेसले वैशाख १ गतेदेखि क्रियाशील सदस्यता अद्यावधिक अभियान सञ्चालन गर्दै आएको छ। उक्त कार्य सम्पन्न गर्ने अन्तिम म्याद आज (बिहीबार) तोकिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्