च्याटजीपीटी बनाउने ओपनएआईले ल्यायो आफ्नै एआई चिप ‘जलापेनो’

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

एजेन्सी । च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले आफैँले डिजाइन गरेको पहिलो एआई चिप ‘जलापेनो’ सार्वजनिक गरेको छ ।

कम्पनीले सेमिकन्डक्टर निर्माता ‘ब्रोडकम’सँग मिलेर यो चिप उत्पादन गरेको जनाएकाे हाे ।

यो नयाँ चिप च्याटजीपीटी, कोडेक्स, र भविष्यमा आउने अत्याधुनिक एआई एजेन्टहरूलाई सुरक्षित, भरपर्दो र तीव्र गतिमा चलाउने उद्देश्यले तयार पारिएको कम्पनीले जनाएको छ ।

अहिलेसम्म ओपनएआई आफ्ना मोडेलहरू चलाउनका लागि एनभिडिया जस्ता अन्य कम्पनीका चिपहरूमा निर्भर थियो ।

ओपनएआईका अनुसार, एआईको विकासका लागि चिपहरू सबैभन्दा महत्त्वपूर्ण आधार हुन् । आफ्नै चिप भएपछि कम्पनीले कम लागतमा धेरै मानिसहरूका लागि एआई सेवाहरू उपलब्ध गराउन सक्नेछ ।

याे कदमले विश्वव्यापी एआई बजारमा ठूलो परिवर्तन ल्याउने र एआई प्रविधिको पहुँचलाई अझ बढाउने विश्वास गरिएको कम्पनीले जनाएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्