रिभानमा परिवार नियोजनको अभिमुखिकरण

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । नेपाल परिवार नियोजन संघ कास्कीले यौंन तथा प्रजनन् स्वास्थ्य र परिवार नियोजनका सेवा बारे अभिमुखिकरण कार्यक्रम गरेको छ ।

कास्कीको माछापूच्छ्रे गाउँपालिका वडा नं ५ रिभानस्थित रिभान स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा महिला स्वास्थ्य स्वयंमसेविका र आमा समूहका अगुवाको सहभागिता रहेको थियो ।

कार्यक्रम शुभारम्भ गर्दै नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले महिला र किशोरकिशोरीका लागि यौंन तथा प्रजनन् स्वास्थ्य शिक्षा अति आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका बरिष्ठ शाखा प्रवन्धक नव राज तिवारी, स्टार्फ नर्स अनुषा भुजेल र कर्मचारी सुरज चौधरीले सहजिकरण गरेका थिए ।

संघले कास्कीका विद्यालय तथा कलेजमा र्यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा अभियान संचालन गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्