दैलेख । दैलेखमा सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १०५५ नम्बरको फोर्स मिनीबस कर्णाली नदीमा खसेको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङगेतरा क्षेत्रमा सडकबाट करिब ४०० मिटर तल नदीमा गाडी खसेको हो।
घटनास्थलबाट एक जनालाई अचेत अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ। अन्य यात्रुको अवस्था भने अझै खुल्न सकेको छैन। गाडीमा कति जना सवार थिए भन्ने विवरण पनि हालसम्म प्राप्त भएको छैन ।
प्रहरी, स्थानीयवासी तथा उद्धार टोली घटनास्थलमा उद्धार कार्यमा जुटिरहेका छन्। थप विवरण आउन बाँकी छ ।










