अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले बुधबार पोखरामा थिम सेमिनार र साहित्यिक कार्यक्रम आयोजना गर्ने भएको छ।

‘परिष्कृत युवा: सशक्त नेतृत्व’ बिषयमा आयोजना हुने थिम सेमिनारमा गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्रप्रसाद तिवारी, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठ र जेनेरेशन जेडका युवा नेतृत्वकर्ता रक्षा वम वक्ताका रूपमा सहभागी हुनेछन्।

कार्यक्रममा युवाको नेतृत्व विकास, बदलिँदो परिवेशमा युवाको भूमिका तथा युवालाई नेतृत्वमा स्थापित गर्ने विषयमा छलफल हुने आयोजकले जनाएको छ।

यस्तै, पोखरा जेसीजले अन्तर्राष्ट्रिय युवा दिवसकै अवसरमा ‘साहित्यिक साझ कार्यक्रम’ समेत आयोजना गर्ने भएको छ। ‘शब्दमा युवा आवाज, सिर्जनामा युवा चेतना’ विषयमा हुने कार्यक्रममा बाबु त्रिपाठी, शिव त्रिपाठी, प्राञ्जल, गीता अधिकारी (जूनु) र ट्रुपक सहभागी हुनेछन्।

दुवै कार्यक्रम साउन २७ गते (अगस्ट १२) पोखरा सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसमा हुनेछन्। कार्यक्रम अपराह्न ४ बजे सुरु हुनेछ।

पोखरा जेसीजले युवाको क्षमता, नेतृत्व र सिर्जनशीलता विकासमा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्