काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएकामध्ये अहिलेसम्म १७७ जनाको शव फेला परेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार रसुवासहित विभिन्न आठ जिल्लाबाट गरी १७७ जनाको शव फेला परेको हो ।
प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनहुँमा ९, पूर्वी नवलपरासीमा ३२ र पश्चिम नवलपरासीमा ६ जनाको शव फेला परेको छ ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरी खोज तथा उद्धार कार्य जारी राखिएको छ । बाढीमा घाइते भएकाहरूको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बेपत्ताको खोजी तथा प्रभावित क्षेत्रमा उद्धार कार्यलाई थप तीव्र बनाइएको छ ।








