काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीमा बेपत्ता भएकामध्ये हालसम्म ७३४ जनाको शव फेला परेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहान सार्वजनिक गरेको विवरणअनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, तनहुँमा ३६ र चितवनमा २५९ जनाको शव फेला परेको हो।
प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ८ हजार १८६ जनाको उद्धार गरिएको छ।






