रसुवा बाढी प्रभावितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी सहयोग गर्ने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । रसुवामा भदौ १० गते आएको बाढीपछि प्रभावित परिवारका लागि अमेरिकाले राहत सहयोग घोषणा गरेको छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार बाढीपीडितको तत्कालीन आवश्यकता पूरा गर्न ३६ लाख अमेरिकी डलरभन्दा बढी रकम उपलब्ध गराइनेछ।

उक्त सहयोगमार्फत प्रभावित १० हजार परिवारलाई तीन महिनासम्म आवश्यक पर्ने आपत्कालीन खाद्यान्न वितरण गरिने जनाइएको छ।

बाढीबाट प्रभावित नेपालीप्रति ऐक्यबद्धता जनाउँदै अमेरिकाले विपद्को समयमा आवश्यक सहयोगका लागि आफू साथमा रहेको जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्