पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार उत्तम मान बुद्धाचार्यलाई अत्यधिक मतले विजय गराऔं ।

भोटेकोशी बाढीमा १ हजार २५२ जनाको शव फेला

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकामध्ये हालसम्म १ हजार २५२ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार मध्याह्न १२ बजे जारी गरेको बुलेटिनअनुसार बाढीमा बेपत्ता भएकामध्ये १ हजार २५२ जनाको शव फेला परेको हो ।

प्राधिकरणका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८ र चितवनमा ३५५ जनाको शव फेला परेको छ ।

बाढीमा परी अझै ४ हजार २१६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ ।

त्यस्तै, बाढीमा परी ५ हजार १३५ जना घाइते भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्