पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार उत्तम मान बुद्धाचार्यलाई अत्यधिक मतले विजय गराऔं ।

शुक्रबारदेखि लगातार ५ दिन बिदा, कुन दिन केको बिदा?

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । शुक्रबारदेखि मंगलबारसम्म नेपालमा लगातार पाँच दिन विशेष महत्वका दिनहरू पर्ने भएका छन्। यस अवधिमा पर्वको सार्वजनिक बिदादेखि नियमित साप्ताहिक बिदा, राष्ट्रिय शोक र सार्वजनिक बिदासम्म परेको छ।

भदौ १९ गते शुक्रबार श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभर सार्वजनिक बिदा छ। यही दिन गौरा पर्वसमेत परेको छ।

भदौ २० गते शनिबार नियमित साप्ताहिक बिदा हो। त्यसपछि भदौ २१ गते आइतबार पनि नियमित साप्ताहिक बिदा परेको छ।

भदौ २२ गते सोमबार भने रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा सरकारले राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। यो दिन सार्वजनिक बिदा भने होइन। राष्ट्रिय शोकका अवसरमा नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।

त्यसैगरी भदौ २३ गते मंगलबार सरकारले जेनजी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
यसरी भदौ १९ देखि २३ गतेसम्म पाँच दिन लगातार पात्रोमा विशेष दिन परेका छन्। तर यी पाँचै दिन सार्वजनिक बिदा भने होइनन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्