सहारा क्लव हङकङकाे अध्यक्षमा पुन: दीपक गुरुङ

  • ख-
  • ख
  • ख+

हङकङ । सहारा क्लव हङकङकाे अध्यक्षमा पुन: दीपक गुरुङ चयन भएका छन् ।

क्लवकाे आईतवार सम्पन्न तेस्राे अधिवेशनले अध्यक्षमा दीपक गुरुङलाई सर्वसम्मत चयन गरेकाे हाे ।

प्रमुख सल्लाहाकार दुर्गा बराल(एण्डी), सदस्य मीन गुरुङ र कमल पाैड्यालकाे निर्वाचन मण्डलले संस्थाकाे अरु पदाधिकारी पनि सर्वसम्मत चयन गरेकाे छ ।

संस्थाकाे प्रथम उपाध्यक्षमा सराेज गुरुङ(खम), द्वितीय उपाध्यक्षमा सुमित्रा गुरुङ, महासचिवमा कुमार गुरुङ, सचिवमा ज्याेति गुरुङ, काेषाध्यक्षमा प्रविन गुरुङ र सहकाेषाध्यक्षमा कमला थापा चयन भएका छन् ।

यसै गरी संस्थाकाे सदस्यहरुमा कुमारी गुरुङ (माया), विकास गुरुङ, सरिता गुरुङ, राजु गुरुङ, जगत गुरुङ, आेम गुरुङ, अप्पु गुरुङ(बाबू), तिलक गुरुङ, कपल गुरुङ, राजु गुरुङ (सुपर), देवकाजी गुरुङ, प्रदिप गुरुङ, उर्मिला घले र गमन घले चयन भएका छन् ।

यस अघि कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अतिथी तुलसीकुमार गुरुङले गरेका थिए भने प्रमुख अतिथी गुरुङ, मीन गुरुङ, कमल पाैड्याल, देव गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा महासचिव कुमार गुरुङले संस्थाकाे प्रतिवेदन र काेषाध्षक्ष सुमित्रा गुरुङले पेश गरेकाे अार्थिक प्रतिवेदन सर्वसम्मतले पारित भएकाे थियाे ।

कार्यक्रममा संस्थाका संस्थापक महासचिव तथा हालका वरिष्ठ उपाध्यक्ष राष्ट्रिय खेलाडी स्व. विल तामाङकाे सम्झनामा एक मिनेट माैनधारण समेत गरिएकाे थियाे ।

संस्थाका अध्यक्ष दीपक गुरुङकाे अध्यतामा भएकाे कार्यक्रमकाे सञ्चालन महासचिव कुमार गुरुङले गरेका थिए भने स्वागत सचिव सराेज गुरुङले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्