अध्यक्ष सुरजको अध्यक्षतामा ५ सय १ सदस्यीय आहा राराको मुल आयोजक कमिटि गठन

  • ख-
  • ख+

पोखरा ।

२० औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७८ भब्य र सभ्य रूपमा संचालन गर्न को क्लब का अध्यक्ष हरिराम गुरुङ सुरजको अध्यक्षतामा ५ सय १ सदस्य मुल आयोजक कमिटी गठन भएको छ ।

आउदो माघ ६ गतेदेखि १५ गतेसम्म पोखरा रंगशालामा संचालन हुने उक्त प्रतियोगिताको संयोजकमा क्लबका बरिष्ठ उपाध्यक्ष केशबराज बराल चयन भएका छन् । मुलायोजक कमिटि को सदस्य सचिबमा क्लब का महासचिव रामजी प्रसाद अधिकारी चयनको चयन गरिएको छ ।

सम्पुर्ण खेलकुद सग सम्बन्धित सघ सस्था एब व्यक्तिहरु रहने गरि १०१ सदस्य सल्लाहकार समिती समेत गठन गरियो क्लवले जनाएको छ । सहारा क्लबले विगतका बर्ष देखि संचालन गर्दै आएको सहारा एकेडेमीमा हाल १४ जिल्लाका २४ जना बालकहरु रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्