सडक महोत्सवकाे उद्घाटनका लागि गृहमन्त्री बालकृष्ण खाँड भोली पोखरा आउने

  • ख-
  • ख+

पोखरा ।

गृहमन्त्री बालकृष्ण खाँड भोली पोखरा आउने भएका छन् । रेष्टुरेण्ट तथा बार एसोसियसन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा आयोजना गर्न लागेको २३ औं पोखरा सडक महोत्सवलाई उद्घाटन गर्न गृहमन्त्री खाँड पोखरा आउन लागेका हुन् ।

दिउँसो १ बजे कोमागाने पार्क लेकसाइडमा खाँडले सडक महोत्सवको उदघाटन गर्ने कार्यक्रम छ । त्यसपछि गृहमन्त्री खाँडले दिउँसो २ः३० बजे तमु धिं नेपालले तमुहरुको नयाँवर्ष तमु ल्होछार(तोल्हो)२०७८ को अवसरमा आयोजना गरेको ल्होछार विशेष कार्यक्रमलाई उदघाटन गर्नेछन् ।

गृहमन्त्री खाँड विहिबार पोखरा नै बस्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी गराएको छ । पोखरा बसाईमा उनले गण्डकी सरकारको पछिल्लो गतिविधिका विषयमा जानकारी लिनेछन् ।

पोखराको एकदिने बसाईमा सुरक्षा निकाय, व्यवसायिक, राजनीतिक र सामाजिक व्यत्तित्वहरु सँग भेटघाट गर्ने कार्यक्रम समेत तय भएको सचिवालयले बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्