रेबानलाई खसी, ट्याक्सीलाई बोका पुरस्कार

  • ख-
  • ख+

पाेखरा ।
रेबान पोखराले खसी पुरस्कार जित्दा पोखरेली ट्याक्सी सेवा प्रालीले बोकामा चित्त बुझाएको छ ।

रेबान पोखराले आयोजना गरेको २३ औं पोखरा सडक महोत्सव अन्तर्गत अन्तर पर्यटन संघ संस्था भलिवल प्रतियोगितामा प्रथम हुँदै आयोजक रेबानले खसी जितेको हो ।

प्रतियोगितामा दोश्रो स्थान हासिल गरेको ट्याक्सिले बोका उठायो । शनिबार भएको फाइनलमा रेबानले २५–१६ र २५–२१ को सोझो सेटमा जित हासिल गरेको हो ।

रेबानको टोलिबाट रेबान पुर्वाध्य गोपि भट्टराई, बलराम पहारी, सुर्य भुजेल, तथा कार्यसमितिका भिस्मराज पौडेल, बैभव पौडेल, बिष्णु बानिया, लोक गुरुङ मैदान उत्रिएका थिए ।

टिम कोचमा निवर्तमान अध्यक्ष भिमसेन भुजेल रहेका थिए । प्रतियोगिताका बिजेता उप– बिजेता टोलिलाई पोखरा महानगर वडा ६ का वडाध्यले पुरस्कार वितरण गरे । प्रतियोगितामा विभिन्न ११ टिमको सहभागिता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्